सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार ११:२८ 
  • राँझा (बाँके),३१ वैशाख । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ ।

    वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियान सुरुआत गरेपछि नेपालगञ्ज वितरण केन्द्रले करिब रु पाँच करोड बक्यौता असुल गर्न सफल भएको छ । “बितेको पाँच महिनाको अवधिमा हामीले करिब साढे ५ हजार ग्राहकको लाइन काटेका छौँ । यसबाट बक्यौता रकम करिब रु छ करोड ३० लाख हुन गएको छ”, उहाँले भन्नुभयो, “लाइनविच्छेद गरेका मध्ये करिब चार हजार ५०० ग्राहकबाट विद्युत् लाइन पुनःजडान भई करिब रु पाँच करोड बक्यौता असुल भएको छ ।”

    वितरण केन्द्रले लामो समयसम्म महसुल नबुझाउने ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली अभियानलाई निरन्तर रुपमा सञ्चालन गरिहेको छ । विद्युत् आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको केन्द्र प्रमुख मिश्रले बताउनुभयो ।

    विद्युत् लाइन प्रयोग गरेवापतको महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल भुक्तानी नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ । बक्यौता नतिर्ने ग्राहकको लाइन विच्छेद अभियानले ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाएको उहाँको भनाइ छ ।

    बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणको लागि नेपालगञ्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकहरुमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ ।

    सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाकारण गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ ।

    नेपालगञ्ज वितरण केन्द्र नो–लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाइ केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.