सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग


  •    न्युजभित्तो/३० बैशाख २०८३, बुधबार १६:१४ 
  • काठमाडौँ, ३० वैशाख । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ ।

    खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उहाँहरुले माग गर्नुभएको हो ।

    सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताउनुभयो । उहाँले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो ।

    सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुुपर्ने बताउनुभयो ।

    सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बाङ्गेसिमलदेखि जुम्ला खलङ्गासम्मको यात्रालाई सुरक्षित बनाउन माग गर्नुभयो । यो सडकमा बढ्दो सवारी दुर्घटनामा भएको मानवीय क्षति घटाउनुपर्ने उहाँको सुझाव थियो ।

    सांसद लिमा अधिकारी आचार्यले ग्रामीण क्षेत्रहरु क्रमशः रित्तिदै गएकाले नेपालको सौन्दर्यलाई उपयोग गर्दै पर्यटकलाई भित्र्याएर काम गर्ने वातावरण बनाउन आग्रह गर्नुभ्यो ।

    सांसद लेखजङ्ग थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्दा लगानी खेर गएको दुखेसो गर्नुभयो ।

    सांसद विष्णुमाया विकले अन्तरजातीय विवाहका कारण सिन्धुलीका एक दलित युवकको निधन भएको घटनाप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद शिवशङ्कर यादवले छोटी भन्सार बन्द हुँदा तराई मधेसका जिल्लामा समस्या भएको बताउनुभयो ।

    सांसद श्रद्धा कुँवर क्षेत्रीले डिजिटल प्लेटफर्मलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरेकामा धन्यवाद दिनुभयो ।

    सांसद श्रीधर पोखरेलले बर्दियामा वन्यजन्तुको आक्रमणका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपरेको पीडा सुनाउनुभयो ।

    सांसद सन्दीप रानाले वर्षायाम सुरु भएकाले पाल्पाको सडक पूर्वाधारमा समस्या हुने भएकाले तत्काल पूर्वतयारीको काम थाल्न आग्रह गर्नुभयो ।

    सांसद समीना मियाँले स्वास्थ्य क्षेत्रको प्रमुख जनशक्तिका रुपमा रहेका नर्सलाई न्यूनतम पारिश्रमिक व्यवस्था गर्न र सुरक्षाको प्रबन्ध गर्न माग गर्नुभयो ।

    सांसद समीक्षा बाँस्कोटाले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीको जगर्नो गर्न माग गर्नुभयो ।

    सांसद सरस्वती लामाले धादिङ–सोम्ताङ सडक निर्माण सुरु भएको लामो समय भए पनि हालसम्म प्रभावकारी निर्माण हुन नसकेकामा गुनासो गर्नुभयो ।

    सांसद सरिता महतोले अटिजम भएका बालबालिकालाई देशभित्रै सहज रुपमा परीक्षणको प्रबन्ध गर्न माग गर्नुभयो ।

    सांसद साजिता खातुन सिद्धिकीले २४ घण्टाको सूचना दिएर सुकुमवासी बस्ती खाली गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समस्यामा परेका बताउनुभयो ।

    सांसद सीताराम साहले तराई मधेसमा खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद सिर्जना श्रेष्ठले राज्यलाई कर तिर्ने र रोजगारी उपलब्ध गराउने निजी क्षेत्र क्रमशः हतोत्साही बन्दै गएकाले तत्काल लगानीमैत्री वातावरण बनाउन माग गर्नुभयो ।

    सांसद सीता थपलियाले शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन माग गर्नुभयो ।

    सांसद सुनिताकुमारी चौधरीले निषाद समुदाय राजनीतिक, सामाजिक, आर्थिक अवस्था कमजोर अवस्थामा रहेकाले उनीहरुलाई जनजाति समुदायमा सूचीकृत गर्न माग गर्नुभयो ।

    सांसद सुरेशकुमार चौधरीले बाँके जिल्ला सुगम मानिए पनि विभिन्न स्थानमा विकासका कुनै पनि पूर्वाधार छैन भन्नुभयो ।

    सांसद सुशान्त बैदिकले सुशासन र समृद्धिका लागि जेनजीले दिएको बलिदानको स्मरण गर्नुभयो । उहाँले प्राकृतिक र मानव सिर्जित विपद्को रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद सुशीलकुमार कानुले वीरगञ्जमा व्यापार व्यवसाय प्रभावकारी हुन नसकेको र जनताको गुनासो सम्बोधन हुन नसकेको बताउनुभयो ।

    सांसद सुशील खड्काले नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालगण्डकीको अत्यधिक दोहन भइरहेकाले तत्काल त्यो नियन्त्रणको माग गर्नुभयो ।

    सांसद सुशीला ढकाल आचार्यले सुकुमवासी बस्तीमा डोजर चल्दा सयौँका सपना चकनाचुर भएका गुनासो गर्नुभयो ।

    सांसद सुहाङ नेम्बाङले नेपालमा चियाखेतीको इतिहास लामो भए पनि चिया निर्यात पछिल्ला दिनमा ठप्प भएकाले तत्काल समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

    सांसद सृष्टि भट्टराईले जेनजी आन्दोलमा सहभागी भएकै आधारमा अझैसम्म पनि गलत तरिकाले पक्राउ गरी दुःख दिने काम भइरहेको बताउनुभयो ।

    सांसद स्मृति सेञ्चुरीले लामो समयदेखि म्याग्नेसाइट उद्योग अलपत्र परेको गुनासो गर्नुभयो ।

    यसैगरी, सांसदहरु सुम्निमा उदास, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल, ज्ञानु पौडेल, ज्ञानेन्द्रसिंह मेहता, क्षितिज थेवेले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.