सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह


  •    न्युजभित्तो/३० बैशाख २०८३, बुधबार ११:३६ 
  • काठमाडौँ, ३० वैशाख । नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।

    बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    श्रीलङ्का र थाइल्यान्डका स्थायी नियोगद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा उहाँले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति, आध्यात्मिक पुनर्जागरण र साझा मानवीय मूल्यको प्रतीकका रूपमा प्रस्तुत गर्नुभएको उक्त नियोगले जनाएको छ ।

    उहाँले करुणा, अहिंसा, सचेतना, एकता र ज्ञानसम्बन्धी बुद्धका कालजयी शिक्षाहरू द्वन्द्व, विभाजन, असमानता तथा जलवायु चुनौतीले ग्रस्त वर्तमान विश्वमा अझ सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । “शान्ति भित्रबाट सुरु हुन्छ र यसलाई सचेत रूपमा विकास गर्नुपर्छ,” भन्दै राजदूत थापाले राष्ट्रहरूबीच थप ऐक्यबद्धता, मर्यादा, न्याय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    राजदूत थापाले ‘वेसाक’ केवल धार्मिक उत्सव नभई विश्व शान्ति, सद्भाव र मानवताका लागि न्यायपूर्ण तथा दिगो भविष्य निर्माण गर्ने सामूहिक आह्वान भएको धारणा व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.