सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान


  •    न्युजभित्तो/३० बैशाख २०८३, बुधबार ११:२५ 
  • दाङ, ३० वैशाख । यहाँ भेला भएका तीन प्रदेशका थारु अगुवाले समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षणका लागि सबै थारु समुदाय एकजुट हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

    सोमबार र मङ्गलबार जिल्लाको दङ्गीशरण गाउँपालिका–३ चखौरामा सम्पन्न अन्तरप्रदेशस्तरीय सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो । मटवा, बरघर तथा भलमन्सा सङ्घको आयोजनामा भएको सम्मेलनपछि बुधबार संयुक्त अपिल जारी गर्दै थारु समुदायको मौलिकता संरक्षणमा समुदाय स्वयं सक्रिय हुनुपर्ने र तीनै तहका सरकारले पनि थारु पहिचान संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

    सङ्घका उपाध्यक्ष धिरेन्द्र चौधरी, बेसका कार्यवाहक अध्यक्ष यज्ञराज चौधरी, थारु सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरी तथा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रभात चौधरीद्वारा जारी संयुक्त अपिलमा थारु समुदायले आफ्नै परम्परा र चलनअनुसार विवाह संस्कारलाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ ।

    पछिल्लो समय थारु समुदायको विवाह संस्कृति हराउँदै गएको भन्दै त्यसको संरक्षण र प्रवद्र्धन गर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको सङ्घका उपाध्यक्ष चौधरीले बताउनुभयो ।
    उहाँले थारु समुदायका पूजा–आजा, नाचगान तथा खानपान संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । साथै स्थानीय तहलाई थारु समुदायका नामबाट नामकरण भएका टोल तथा बस्तीका नाम नहटाउन र थारु पहिचान मेटिने गतिविधि नगर्न आग्रह गरिएको छ ।

    थारु समुदायका परिकार, हस्तकला तथा अन्य मौलिक सामग्रीको उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिइएको छ । सम्मेलनले मटवा, बरघर तथा भलमान्सा सम्बन्धी विधेयक पारित गरी थारु समुदायको संस्कार र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने मागसमेत गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.