सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमित स्रोतसाधनमा काम गर्न बाध्य: मधेसी आयोग


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १५:५८ 
  • काठमाडौँ, २९ वैशाख । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या समाधान गर्न आयोगसँग पर्याप्त बजेट र स्रोतसाधन अभाव रहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मधेसी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने क्रममा उहाँले समितिमा मधेसी आयोगले भोग्नु परेको चुनौती र अवस्थाबारे जानकारी दिनुभएको थियो । 

    उहाँका अनुसार सरकारलाई हालसम्म ३०० भन्दा बढी मधेसका समस्या सिफारिस गरिएको बताउनुभयो । यसमा कतिपय मधेसका महत्त्वपूर्ण विषय हालै सम्पन्न सरकारको नीति तथा कार्यक्रममा समेटिएको पनि बताउनुभयो । अध्यक्ष साहले भन्नुभयो, “मधेसमा विद्यमान समस्या थुप्रै छन्, समाधानका लागि स्रोत अभाव छ ।”

    मधेसमा विद्यमान दाइजो प्रथा, कुरीति, गरिबी, अशिक्षा, प्राकृतिक प्रकोप, बेरोजगारीलगायत समस्या छन् । यी सबैको समाधान गर्न राज्यको सहकार्य आवश्यक हुने उहाँको भनाइ छ । आयोगले हाल ७७ जिल्लामा २० लाख रुपैयाँ बजेटमा कार्यक्रम गर्नु परेको अध्यक्ष साहले जानकारी दिनुभयो । 

    अध्ययन र अनुसन्धानका लागि मात्रै पाँच लाख रुपैयाँ बजेट  अपर्याप्त रहेको उहाँले बताउनुभयो । समितिका सभापति आकृति अवस्थीले मधेसका समस्या राज्यले सम्बोधन गर्नुपर्ने धारणा राख्दै यसका लागि आयोगले सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । 

    बैठकमा सहभागी सांसदहरुले मधेसी आयोगको काम, कतव्र्य प्रभावकारी बनाउन आग्रह गरेका थिए । सांसद पार्वती विकले मधेसमा जरो गाडेको दाइजो प्रथा अन्त्यका लागि आयोगले सचेतनामूलक कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । 

    सांसद रीना उप्रेती (केसी) ले सप्तरी र सिराहमा घरेलु हिंसा धेरै भएको जानकारी दिँदै यो विषयमा आयोगले अनुगमन समाधानतर्फ जोड दिनुपर्ने बताउनुभयो । सांसद दीपककुमार साहले मधेसमा बेरोजगारी अर्को ठूलो समस्या भएको औँल्याउँदै आयोगले यस क्षेत्रमा केकस्ता कार्ययोजना बनाएको छ भनी प्रश्न गर्नुभयो । 

    साथै, सांसद डा ललिता कुमारीले शिक्षा र स्वास्थ्यको अभावमा मधेसले धेरै समस्याको सामना गर्नु परेको उदाहरण दिँदै आयोगले सरकारलाई यी दुई विषयमा राज्यको ध्यानाकर्षण गराउनतर्फ जोड दिन आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सीमित स्रोतसाधनमा काम गर्न बाध्य: मधेसी आयोग
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
    अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
    • प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ
    • सरकारलाई आयोगले बुझायो ‘मानवअधिकारका विषयहरू’
    • एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
    • सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.