सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १५:५१ 
  • काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ ।

    महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

    कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए, त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई समेत निर्देशन दिनुभयो । “बेरुजु शून्य बनाउन महत्त्वपूर्ण लगाव चाहिएको छ । राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाएर भएका सम्पत्तिको अभिलेखन प्रभावकारी बनाउनुपर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनुपर्नेछ । रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू–प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । वडामै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ”, उहाँले भन्नुभयो ।

    वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले हालसम्म महानगरको खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको ३९ दशमलव तीन प्रतिशत रहेको जानकारी दिनुभयो । सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको, त्यसपछि ५६ दशमलव ४७ र ५० दशमलव ६२ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।

    यसैगरी सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत रहेको छ भने त्यसभन्दा बढी खर्च गर्नेमा दोस्रोको १६ दशमलव ८१ र तेस्रोको खर्च प्रतिशत १७ दशमलव ६८ प्रतिशत छ ।

    महानगरले वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ । वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वडा ठूला, २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वडा मझौला र बाँकी १८, १९, २०, २१, २३ र २७ लाई साना वडामा राखिएको छ ।

    कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई रु १० करोड, मझौलालाई रु सात करोड ५० लाख र साना वडालाई रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.