सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १५:२८ 
  • काठमाडौँ, २९ वैशाख । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् ।

    समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

    बैठकमा समितिका सभापति आशिष गजुरेलले वार्षिक रुपमा तीन हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाले सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

    सांसद बासना थापाले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएपछि दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै त्यसले जनजीवनमा पारेको प्रभावको समेत मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।

    सांसद राजेन्द्रकुमार राईले मोबाइल फोन प्रयोग तथा सवारी चलाउँदा सङ्गीत सुन्ने प्रवृत्तिका कारण पनि सडक दुर्घटना बढिरहेको बताउनुभयो । उहाँले चालकको अनुशासन र सचेतनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सडक सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनुभयो । उहाँले निगरानी प्रविधिमा लगानी गर्न सके सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यातायात सञ्चालनका लागि सडक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सांसद आशा झाले सडक निर्माणका काम समयमै सम्पन्न हुनुपर्ने बताउनुभयो । त्यसैगरी, सांसद राजु पाण्डेले सडक सुरक्षासम्बन्धी कानुन कार्यान्वयनको अवस्थाबारे समग्र मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो । उहाँले जनशक्ति मात्रै बढाउनुभन्दा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिरोका कारण सडक सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो । उहाँले सडक किनारमा राखिने विज्ञापन सामग्रीले समेत दुर्घटना बढाउने गरेको उल्लेख गर्दै स्थानीय सडक सञ्जाल व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    विषयविज्ञ भगवती सेढाइले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुले समेत हेल्मेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले मापदण्डअनुसारका गुणस्तरीय हेल्मेटको प्रयोग सुनिश्चित गर्न पहल आवश्यक रहेको धारणा राख्नुभयो ।

    उहाँले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गर्नुपर्ने तथा सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा परिषद्’ गठन गर्न आवश्यक रहेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.