सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्न बालबालिकालाई कपडा वितरण


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार १२:३३ 
  • ढोरपाटन (बागलुङ), २९ वैशाख । यहाँको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो ।

    गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई म्याट सेट, झुल, झोला, सिरक, ट्रयाकसुटलगायत सामग्री उपलब्ध गराएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्सका अध्यक्ष भाइराजा पाण्डेले जानकारी दिनुभयो । दूरदराजका बालबालिकाको पढाइलाई सहजता बनाउन कपडा वितरण गरिएको उहाँको भनाइ छ ।

    पाण्डेले भन्नुभयो, “हामीले विकटमा रहेका विपन्न बालबालिकाका लागि विगतदेखि सहयोग गर्दै आएका छौँ, यसपटक निसीखोला गाउँपालिकाका बालबालिकालाई कपडालगायतका सामान वितरण गरेका हौँ, आगामी दिनमा पनि अरु क्षेत्रमा वितरण गर्ने हाम्रो योजना छ ।”

    निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाले सो संस्थाको यो सहयोगले यस क्षेत्रका बालबालिकालाई पढाइप्रति रुचि बढाउने बताउनुभयो । आर्थिक अभावमा निसीखोला क्षेत्रमा धेरै बालबालिकाले विद्यालय पोसाक किनेर लगाउन नसक्ने अवस्था रहेकाले संस्थाको सहयोगले ठूलो राहत मिलेको सापकोटाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.