सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै


  •    न्युजभित्तो/२९ बैशाख २०८३, मंगलवार ११:४५ 
  • पर्वत, २९ वैशाख । सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ ।

    जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् ।

    अब कुश्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ । निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । नवनिर्मित फलेवास नगरपालिका भवनको सोमबार नगरप्रमुख गङ्गाधर तिवारीले उद्घाटन गर्नुभयो । सो भवन कालीगण्डकी प्रदीप जुम्ली जेभीले २०७८ साल भदौ २१ मा सम्झौता भई निर्माण सुरु भएको थियो ।

    नौ करोड एक लाख ५३ हजार २०० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा तीनतला र ४२ कोठा छन् । जसमा तीनवटा सभाहलसहित खानेपानी, विद्युत्, शौचालय जस्ता सुविधा  छ । त्यसैगरी, नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ ।  सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा भवन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

    भवन निर्माणका लागि स्थानीय बासिन्दाले ६२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन उद्घाटन गर्दै नगरप्रमुख तिवारीले अब नागरिकले नगरपालिकाबाट लिने सेवा सुविधा सहज हुने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.