सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…


  •    न्युजभित्तो/२८ बैशाख २०८३, सोमबार १६:११ 
  • म्याग्दी, २८ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ ।

    धैलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटि गरेको भेटिएपछि भत्काएर पुनर्निर्माण गर्न लगाइएको हो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष झक छन्त्यालको टोलीले उक्त योजना अनुगमनका क्रममा मापदण्ड, ठेक्का सम्झौता र डिजाइनभन्दा फरक काम भएको पहिचान गरेको थियो ।

    गाउँपालिकाका उपाध्यक्ष पुनमगरले स्थानीयको गुनासोपछि अनुगमनका क्रममा त्रुटि भएको नालाको खण्ड भत्काएर पुनर्निर्माण गर्न लगाएको जानकारी दिनुभयो । रड र फर्मा राखेर ढलान गर्नुपर्नेमा नालाको ढकनीमा ढुङ्गाको छपनी राखेपछि गिट्टी, बालुवा र सिमेन्ट राखेर ढलान गरेको भेटिएपछि करिब २० मिटर नाला भत्काएर पुनर्निर्माण गराएको उहाँले बताउनुभयो ।

    सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख विशेष अनुदान उपलब्ध गराएको उक्त योजना निर्माणका लागि एसके कन्ट्रक्सनले २०८२ माघमा रु २२ लाख ९९ हजार ६०६ मा ठेक्का सम्झौता गरेको थियो ।

    दुई सय ६० मिटर पक्की नाला निर्माण गर्नुपर्ने योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीका स्थानीय प्रतिनिधी कमल छन्त्यालले मजदुरहरुले काम गर्ने क्रममा डिजाइन नबुझेर छपनीमा ढलान गरेको स्विकार गर्दै कमजोरीलाई सुधार गरिएको बताउनुभयो ।

    गुर्जा र चुरेन हिमालको फेदीमा समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६० घरपरिवारको बसोबास रहेको छ । गुजमुज्ज बाक्लो बस्ती रहेको गुर्जामा ढल व्यवस्थापन गरी सरसफाइ कायम गराउन आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.