सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘गुट उपगुटमा डुबेको काँग्रेसलाई बचाउन पनि महाधिवेशन आवश्यक’


  •    न्युजभित्तो/१० फाल्गुन २०७६, शनिबार १५:५० 
  • नेपालगञ्ज । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गुट र उपगुटमा डुबेको काँग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक छ ।”

    नेता डा कोइरालाले १४औँ महाधिवेशनबाट काँग्रेसलाई गुट उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बिपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानुपर्छ भन्ने कुरामा दृढ रहेको भन्नुभयो ।

    “मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । नेता कोइरालाले सरकारका मन्त्री भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानविनको मागसमेत गर्नुभयो ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, डा चन्द्र भण्डारीलगायतका नेताका साथमा बाँके आउनुभएका नेता डा कोइराला अहिले पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.