सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी


  •    न्युजभित्तो/२८ बैशाख २०८३, सोमबार १५:२४ 
  • काठमाडौँ, २८ वैशाख । यस बर्सातकोे समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको छ । यही वैशाख वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ हुँदैछ ।

    यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रयमले राज्यलाई पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस मानवीय कार्यमा राज्यका तीनै तहका सरकारहरुको सहयोग आवश्यक पर्दछ भन्नुभयो । 

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुक सुनिता डङ्गोलले महानगरपालिकालाई स्वच्छ, सभ्य र व्यवस्थितसँगै आश्रयहीन बन्न पुगेका सडक मानवहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजाने नीति रहेको प्रस्ट पार्नुभयो । 

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समाज सेवाभन्दा अर्को ठूलो पुण्य कार्य नभएको बताउँदै मानव कल्याणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । गायिका आनी छोइङले मानव सेवा आश्रमको सेवाभावबाट आफूलाई सक्रिय रुपमा समाज सेवामा लाग्न प्रेरित गरेको बताउँदै मानव सेवामा गरिएको लगानी जीवनपर्यन्तसम्म आत्मसन्तुष्टि र वास्तविक पुण्य प्राप्त हुनेछ भन्नुभयो ।  

    मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले नाथैनाथले बास गरेको हाम्रो देश नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरूले कसैले पनि अनाथ भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्न मानवता, करुणा, सेवा, प्रेम र सद्भावनालाई अझ मजबुत बनाउँदै लैजान यस अभियानको थालनी गरिएको बताउँदै आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 

    गायिका एवं समाजसेवी आनीछोइङ डोल्माको नेतृत्वमा २६ जना स्वंसेवकले यात्रामा परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकहरुको उद्धार गरी आश्रमका देशका विभिन्न जिल्लामा रहेका आश्रमहरुमा पुनस्र्थापित गरिनेछ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.