सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह


  •    न्युजभित्तो/२८ बैशाख २०८३, सोमबार १५:०२ 
  • महोत्तरी, २८ वैशाख । यहाँको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुुमवासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ ।

    जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो ।

    “हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुुमवासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौँ”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भन्नुभयो, “यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म सुविधा पाउने छन् ।” भर्ना आगामी जेठ १५ सम्म भइसक्नुपर्ने विद्यालयले जनाएको छ ।

    उहाँले ७७ जिल्लाका विद्यार्थी सरिक हुनसक्ने स्पष्ट पार्नुभयो । “यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्ममिति स्पष्ट खुल्नेगरी सम्बद्ध स्थानीयतहको वडा कार्यालयले सुकुुमवासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ ।” प्रअ पौडेलले भन्नुभयो ।

    अहिले शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क अवसर भने सुकुुमवासी परिवारका विद्यार्थीलाई लक्षित गरी ३० जनालाई दिन लागिएको हो । विगतमा ब्राह्मण जाति समुदायका लागिमात्र संस्कृत शिक्षा दिँदै आए पनि पछिल्ला दुई दशकयता भने विद्यालयले ‘सबैका लागि संस्कृत शिक्षा’को अवधारणाअनुसार सबैलाई पढ्ने अवसर खोलेको छ । आवास र भोजनसहितको यो अवसर अहिले छात्रका लागिमात्र भएको गुरुकुलले स्पष्ट पारेको छ ।

    विसं १७७५ मा स्थापित यो विद्यालय सीमाक्षेत्र (दशगजा) बाट १०० मिटरमात्र भित्र छ । सीमा नजिक हुँदा यहाँ भारतीय छात्रछात्रा पनि संस्कृत अध्ययनका लागि आउने गरेका छन् । कक्षा आठदेखि १२ सम्म अध्ययन÷अध्यापन हुने गुरुकुलमा अहिले मुलुकका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।

    विद्यालयमा संस्कृततर्फ साहित्य, व्याकरण, न्याय, कर्मकाण्ड र ज्योतिषमध्ये दुई ऐच्छिक र भाषा अनिवार्य छ । यस्तै संस्कृतका अतिरिक्त साधारण विद्यालयका अनिवार्य विषय यहाँ पनि पढाइन्छन् । टाढाका गरिब विद्यार्थीका लागि गुठी संस्थानले भोजन व्यवस्थापन गर्दै आएको छ ।

    बालगुरु षडाननले शिक्षा लिनुभएको यो गुरुकुललाई अहिले संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन पर्ने माग बढेको छ । मटिहानी नगरपालिकाले गुरुकुललाई संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गरिन सरकारको ध्यानाकर्षण गराइँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.