सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार १५:४५ 
  • महेन्द्रनगर, २७ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिनुहुन्छ । उमेरले ज्येष्ठ नागरिक भए पनि उहाँको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ । 

    विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’ मा नपुगी आफ्नो दैनिकी सुरुआत नै नहुने गरेको बताउनुहुन्छ । “ब्याडमिन्टन एकप्रकारले लत जस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ”, चन्दले भन्नुभयो,“यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन् ।” 

    उहाँले हरेक दिन बिहान ४ः०० बजेदेखि योग साधनामा बिताउने गरेको र त्यसपछि ब्याडमिन्टन खेल्न कबर्डहलमा आउने गरेको सुनाउनुभयो ।  व्यायाम, योगसाधना र स्वस्थ्य खानपिन स्वस्थ जीवनका लागि महत्त्वपूर्ण भएकाले आफू पहिलेदेखि नै यसमा सचते रहेको चन्दको भनाइ छ ।

    भन्सार अधिकृतबाट २०७० सालमा सेवानिवृत्त हुनुभएका उहाँको अधिकांश समय खेल र योगसाधनामा बित्ने गरेको छ । “जागिरमा हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जसम्म पनि ब्याडमिन्टन खेलेँ । नेपालगञ्ज र वीरगञ्जमा जिल्लास्तरीय खेलमा तेस्रो स्थान हासिल गरेको सर्टिफिकेट अहिले पनि सुरक्षित राखेको छु”, चन्दले भन्नुभयो । 

    आँखामा केही समस्या भएकाले टाढाको कर्क देख्न समस्या भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने हिम्मत रहेको उहाँको भनाइ छ । “नियमित व्यायाम र खानपिनमा ध्यान दिइरहेको छु । शरीरले साथ दिएसम्म ब्याडमिन्टन खेलिरहने सोच छ”, चन्दले भन्नुभयो । 

    उहाँले सुदूरपश्चिममा आफ्नो उमेर समूहको ब्याडमिन्टन खेलाडी पाउन गाह्रो रहेको दाबी गर्नुभयो । 

    भीमदत्त नगरपालिका–६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकाँैदेखि  यहाँ ब्याडमिन्टन खेलमा नियमित सहभागी भइरहनुभएको छ । पछिल्लो समय युवा पुस्तामा यस खेलप्रति केही आकर्षण बढे पनि पाको पुस्ताका खेलाडी भने घट्दै गएको उहाँले बताउनुभयो ।

    विसं २०६४ यता कबर्डहलमा नियमित खेल्ने गरेको बताउँदै भाटले भेट्रानतर्फ राष्ट्रियस्तरमा उपाधि जितिसकेको जानकारी दिनुभयो । “अब हाम्रो उमेरले राष्ट्रका लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि खेल्ने हो । पछिल्ला दिनमा ब्याडमिन्टन खेल गाउँ÷गाउँमा विस्तार हँुदै गएको देख्दा खुसी लाग्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.