सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार १३:५७ 
  • ढोरपाटन (बागलुङ), २७ वैशाख । बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत धारणा निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालको सहयोग र जनश्रमदानबाट प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरिएको हो । 

    गोर्खा वेलफेयरको रु ३६ लाख र स्थानीयको रु नौ लाखको श्रमदान गरी कुल रु ४५ लाख लागतमा देउराली खानी गाउँका प्रत्येक घरमा धारा निर्माण गरिएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

    खानेपानीको स्रोत नजिकै भए पनि सहज पहुँच नहुँदा वर्षौँदेखि स्थानीयले समस्या भोग्दै आएका थिए । माझगाउँभन्दा माथिको छरछेरे मुलबाट पानी सङ्कलन गरी पाइप लाइनमार्फत घरघरमा पु¥याइएको उहाँको भनाइ छ । दुई हजार लिटरका दुई र पाँच हजार लिटर क्षमताका दुई ट्याङ्की निर्माण गरी गाउँमा पानी झारिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । हरेक स्थानीयको घरमा अहिले पार्यप्त पानी पुगेको उहाँको भनाइ छ । 

    “गाउँमा खानेपानीको निकै समस्या थियो, यो समस्या समाधानका लागि लामो समयदेखि प्रयास गर्दै आएका थियो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “घरमा पानीका धारा बनेपछि गाउँले सबै खुसी भएका छौँ, यसले हाम्रो दैनिकी नै फेरिने अपेक्षा छ ।”

    विसं २०५३ मा कादुरी संस्थाले निर्माण सार्वजनिक धाराबाट अहिलेसम्म स्थानीयले खानेपानी उपभोग गर्दै आएका थिए । एउटा धाराबाट धेरै उपोक्ताले पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । 

    एक घर, एक धारा बनेपछि सहज भएको स्थानीय मनकुमारी छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा धाराबाट धेरै परिवारका मान्छेले पानी उपभोग गर्दा कति समस्या भोगे हौँला रु, अब त त्यो समस्या कहिल्यै आइपर्ने छैन, बिहानै उठ्यो, पानीकै चिन्ता, साँझ प¥यो पानीकै चिन्ता, अहिले बल्ल हाइसञ्चो भयो, अब त जतिबेला चाइयो, त्यतिबेला आँगनको धारा खोलेर पानी भर्न पाएका छौँ ।”

    जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले खानेपानी समस्या भएका गाउँ बस्तीमा पालिकाले सहजीकरण गरेर समस्या समाधान गर्न थालेको बताउनुभयो । नगरपालिकाका कतिपय गाउँबाट खानेपानीको समस्याका कारण बसाइँसराइसमेत भएको भन्दै अब कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट वञ्चित नहुने उहाँको भनाइ छ । 

    सानातिना खानेपानी समस्या भएको स्थानमा पालिकाले नै समस्या समाधान गरको भन्दै ठूला योजना विभिन्न सङ्घसंस्था तथा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको उपप्रमुख शर्माले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
    अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
    वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
    • कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी
    • त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
    • माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम
    • घान्द्रुकलाई एक फन्को

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.