सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार १३:३४ 
  • चन्द्रपुर (रौतहट), २७ वैशाख । रौतहटमा प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालनमा ल्याएको छ ।

    रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो ।

    नेपाल–भारत सीमा क्षेत्र तथा जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरको विभिन्न भू–भागमा लागुऔषध सेवनकर्ता तथा बिक्रीवितरणमा बढोत्तरी भएपछि यसको नियन्त्रणका लागी प्रहरी सक्रिय भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लागुऔषध नियन्त्रण केबल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ शुक्रबारदेखि सुरु गरिएको हो । 

    प्रहरीको तथ्याङ्कले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार तथा युवामा यसको प्रयोग बढ्दै गएको देखाइरहेको छ । 

    विशेषगरी बेरोजगारी, कमजोर पारिवारिक निगरानी, सीमापार सहज आवतजावत र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग लागुऔषधको दुव्र्यसनतर्फ आकर्षित भइरहेको प्रउ रिजालको भनाइ छ ।

    प्रउ रिजालले लागुऔषध दुव्र्यसनलाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग गाँसिएको जटिल समस्याका रूपमा बुझ्नुपर्ने बताउनुभयो । पक्राउ गरेर मात्रै समस्या समाधान नहुनेहुँदा खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने रौतहट प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

    अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेसमेत उहाँले जानकारी दिनुभएको छ ।

    प्रहरीका अनुसार अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिनेछ । पहिचान भएका व्यक्तिलाई अपराधीको दृष्टिले नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेरेर पुनःसमाजमा स्थापित गर्ने रणनीति बनाइएको छ । 

    लागुऔषध दुव्र्यसनीका कारण पनि एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या रौतहटमा बढेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ५४० रहेको छ भने ४२५ जनाले औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.