सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार १२:०२ 
  • काठमाडौँ, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ । 

    रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गर्ने कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो । 

    अपराह्न ३ बजेदेखि सुरु हुने नीति मन्थन कार्यक्रममा प्रमुख वक्ताका रूपमा विपद् उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाइ परियोजनाका प्रतिनिधि डा गौरव सागर दवाडीले अनुशिक्षण गर्नुहुनेछ । 

    अन्तरक्रियामा जल तथा मौसम विज्ञान विभागको महानिर्देशक डा अर्चना श्रेष्ठ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती, विपद् जोखिम न्यूनीकरण तथा मानवीय कार्यका लागि महिला मञ्चका प्रतिनिधि कृष्णा कार्की, समावेशी विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक विमल गदाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख अमृत श्रेष्ठले अनुभव आदानप्रदान गर्नुहुनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
    अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
    वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
    • कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी
    • त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
    • माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम
    • घान्द्रुकलाई एक फन्को

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.