सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार ११:५३ 
  • काठमाडौँ, २७ वैशाख । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ ।

    यो विशेष वनस्पति कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ । यही महत्वलाई ध्यानमा राख्दै विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूले यस क्षेत्रलाई विशेष मान्यता तथा संरक्षण प्रदान गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९८ मा आर्गान उत्पादन हुने स्थानीय क्षेत्रलाई ‘आर्गानेराइ बायोस्फियर रिजर्भ’का रूपमा घोषणा गरेको थियो । त्यसैगरी, आर्गान रूखसँग सम्बन्धित परम्परागत ज्ञान, सीप र संस्कृतिलाई सन् २०१४ मा युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो ।

    यसैबीच, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २०१८ डिसेम्बरमा मोरक्कोको ऐत सुआब–ऐत मनसुर क्षेत्रमा रहेको आर्गान–आधारित कृषि, वन तथा पशुपालन प्रणालीलाई विश्वका महत्वपूर्ण कृषि सम्पदा प्रणालीका रूपमा मान्यता दिएको थियो ।

    त्यसपछि सन् २०२१ मा राष्ट्रसङ्घीय महासभाले मे १० लाई अन्तरराष्ट्रिय आर्गानिया दिवसका रूपमा घोषणा गरेको हो । मोरक्कोद्वारा प्रस्तुत उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका ११३ सदस्य राष्ट्रले स्वीकार गरेका थिए । यो स्वीकृतिसँगै मोरक्कोको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

    आर्गान मुख्यतः मोरक्कोमा पाइन्छन् । यसबाट उत्पादन हुने आर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । साथै, आर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.