सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति


  •    न्युजभित्तो/२७ बैशाख २०८३, आईतवार ११:३८ 
  • म्याग्दी, २७ वैशाख । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ ।

    मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो । 

    सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ ।

    निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि तीन महिनाअघि नै सम्पन्न गरेको बताउनुभयो । रु दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । खहरेदेखि छिसवाङ हँुदै ओखोलासम्म एक किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ ।  

    विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताउनुभयो । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए । सडक फराकिलो पार्न स्थानीयवासीले स्वःफूर्त रुपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन् । 

    यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरबाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरो लगायतका कारणले अवरुद्ध हुँदा वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ । 

    यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ । 

    हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताउनुभयो । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण
    प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल
    धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि
    • भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
    • ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह
    • नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
    • शान्त, संयमित र जिम्मेवार रहन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.