सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसिसी परिमार्जनसहित अनुमोदन गरिन्छ : प्रचण्ड

"प्रधानमन्त्रीले एमसिसी परिमार्जन बारे अमेरिकी सरकारसँग कुरा गरिसक्नुभएको खुलासा "

  •    न्युजभित्तो/१० फाल्गुन २०७६, शनिबार १२:३५ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो ।

    एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार प्रतिवेदन पेस गरेको बताउँदै अध्यक्ष दाहालले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ ।” प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।

    अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताउनुभयो । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उहाँले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि दावी गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.