सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा


  •    न्युजभित्तो/२५ बैशाख २०८३, शुक्रबार १३:१३ 
  • राँझा (बाँके), २५ वैशाख । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माणकार्य द्रुतगतिमा भइरहेको छ । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर (सिडीइ) मनोजकुमार साहले बताउनुभयो ।

    उहाँका अनुसार २३।४ किलोमिटर लामो सो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण लामो समयसम्म नहर निर्माणको काम रोकिएको थियो भने पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत ठेक्का दिई निर्माणलाई तीव्र पारिएको छ । हालसम्म नहरको निर्माणकार्य २५ प्रतिशत प्रगति भएको छ ।

    नेपालगन्ज–सुर्खेत सडकखण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत डुडुवा नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले रु एक अर्ब १२ करोडको लागतमा यो नहर निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ । नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको आयोजनाका सूचना अधिकारी साहले बताउनुभयो ।

    सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (१८ हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो नहर बनेपछि बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डडुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा विस्तार हुने साहको भनाइ छ ।

    सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रूपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुक्खा र खडेरीको मारमा परेका किसानलाई राहत मिल्ने सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीको विश्वास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.