सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको चिन्ता : नेपालका कम्युनिष्ट पनि सत्ता हातमा आएपछि बिग्रिन थाले


  •    न्युजभित्तो/९ फाल्गुन २०७६, शुक्रबार १९:४१ 
  • भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताउनुभएको छ ।

    नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीको स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका सङ्केत र लक्षण देखापर्न थालेका छन् ।”

    विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफैलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्तीकमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हुँदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उहाँको भनाइ थियो ।

    नारायणविलास प्रतिष्ठान भवनका लागि प्रदेश सहयोग
    उक्त भवनका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक रकम र अन्य सहयोगका लागि आफुले पहल गर्ने बताउँदै नेकपाका अध्यक्ष दाहालले प्रदेश सरकारका तर्फबाट न्यूनतम रु ५० लाख सहयोग दिने प्रतिबद्धता आए पनि अझै रकम थप गर्ने र स्थानीय सरकारले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य एवं प्रतिष्ठानका अध्यक्ष डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका संस्थापक नेता जोशीको त्याग र योगदानको सम्मान गर्न उहाँको स्मृतिमा छिट्टै भवन निर्माण गरिने बताउनुभयो । मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रतिष्ठान भवन निर्माणमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिँदै शङ्खधर उद्यान निर्माणदेखि यहाँँका सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षणमा नगरपालिका क्रियाशील रहेको भनाइ राख्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापालगायत नेता एवं जनप्रतिनिधिको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.