सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’


  •    न्युजभित्तो/७ बैशाख २०८३, सोमबार १३:२१ 
  • महेन्द्रनगर (धनुषा), ७ वैशाख । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री तिवारीले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै विद्यालयस्तरबाटै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञानको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मधेस प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति तथा पूर्वाधार विकासमा प्राथमिकता दिएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

    त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे प्रकाश पार्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर अझ उकास्न आवश्यक सहयोगका लागि स्थानीय तह, अभिभावक तथा सम्बन्धित निकायसँग सहकार्यको अपेक्षा गर्नुभयो । सो अवसरमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत मेधावी तथा समावेशी छात्रछात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले १० विद्यार्थीलाई जनही रु १० हजार नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.