सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई सडकका लागि थप बजेट पार्न सांसद पोखरेलको पहल


  •    /२० बैशाख २०७६, शुक्रबार १५:४० 
  • चितवन । 

    चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले आफ्नो क्षेत्रका दुई निर्माणाधिन सडकका लागि थप बजेटको पहल गर्नुभएको छ । उहाँकै पहलमा ती सडक आयोजनाका लागि थप ४ करोड रुपैयाँ विनियोजन भएको हो ।

    सांसद पोखरेलको निर्वाचन क्षेत्र अन्तर्गत कालिका नगरपालिका स्थित गैरीवारी चोकबाट वुङखोला हुँदै उपरदाङगढीसम्म जाने बाटोका लागि २ करोड रुपैयाँ र भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने भोर्ले दाहाखानी सडकका लागि २ करोड रुपैयाँ विनियोजन भएको हो । यी दुई सडक आवश्यकताको हिसाबले निकै महत्वपूर्ण रहेकाले थप बजेट पारिएको सांसद पोखरेलले बताउनुभयो ।

    यस अघि उहाँकै पहलमा गैरीवारी उपरदाङगढी सडकका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन भई हाल धमाधम काम भइरहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ (गोपी) ले बताउनुभयो । जिल्लाकै चर्चित पर्यटकीय गन्तव्य रहेको उपरदाङगढीसम्मको बाटो विकासका लागि सांसदबाट भएको पहल निकै प्रशसनीय रहेको भन्दै यस क्षेत्रका जनताले सडक निर्माणपछि प्रशस्त लाभ लिन सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष मानबहादुर मगरले यस अघि सांसदबाटै १ करोड रुपैयाँ प्राप्त भएकोमा थप यसपटक २ करोड रुपैयाँ विनियोजन भएकोमा खुशी व्यक्त गर्नुभयो । यस सडकमा प्रदेश सरकारले समेत ५० लाख रुपैयाँ लगानी गरेको छ । पहाडी भूगोलको महत्वपूर्ण विकास नमूनाका रुपमा यस सडख खण्डमा लिने गरिन्छ ।

    अर्थमन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले भौतिक योजना तथा यातायात मन्त्रालयको निर्णय अनुसार बजेट विनियोजन गरी कार्यान्वयनका लागि पठाइएको जानकारी दिनुभयो । जिल्लाको पहाडी क्षेत्रमा निर्माणाधिन यी सडकले ती क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका वासिन्दाका लागि आर्थिक उपार्जनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.