चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले आफ्नो क्षेत्रका दुई निर्माणाधिन सडकका लागि थप बजेटको पहल गर्नुभएको छ । उहाँकै पहलमा ती सडक आयोजनाका लागि थप ४ करोड रुपैयाँ विनियोजन भएको हो ।
सांसद पोखरेलको निर्वाचन क्षेत्र अन्तर्गत कालिका नगरपालिका स्थित गैरीवारी चोकबाट वुङखोला हुँदै उपरदाङगढीसम्म जाने बाटोका लागि २ करोड रुपैयाँ र भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने भोर्ले दाहाखानी सडकका लागि २ करोड रुपैयाँ विनियोजन भएको हो । यी दुई सडक आवश्यकताको हिसाबले निकै महत्वपूर्ण रहेकाले थप बजेट पारिएको सांसद पोखरेलले बताउनुभयो ।
यस अघि उहाँकै पहलमा गैरीवारी उपरदाङगढी सडकका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन भई हाल धमाधम काम भइरहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ (गोपी) ले बताउनुभयो । जिल्लाकै चर्चित पर्यटकीय गन्तव्य रहेको उपरदाङगढीसम्मको बाटो विकासका लागि सांसदबाट भएको पहल निकै प्रशसनीय रहेको भन्दै यस क्षेत्रका जनताले सडक निर्माणपछि प्रशस्त लाभ लिन सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष मानबहादुर मगरले यस अघि सांसदबाटै १ करोड रुपैयाँ प्राप्त भएकोमा थप यसपटक २ करोड रुपैयाँ विनियोजन भएकोमा खुशी व्यक्त गर्नुभयो । यस सडकमा प्रदेश सरकारले समेत ५० लाख रुपैयाँ लगानी गरेको छ । पहाडी भूगोलको महत्वपूर्ण विकास नमूनाका रुपमा यस सडख खण्डमा लिने गरिन्छ ।
अर्थमन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले भौतिक योजना तथा यातायात मन्त्रालयको निर्णय अनुसार बजेट विनियोजन गरी कार्यान्वयनका लागि पठाइएको जानकारी दिनुभयो । जिल्लाको पहाडी क्षेत्रमा निर्माणाधिन यी सडकले ती क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका वासिन्दाका लागि आर्थिक उपार्जनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
चितवन ।