सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना डा रोकायको माग


  •    न्युजभित्तो/२ बैशाख २०८३, बुधबार ११:५८ 
  • काठमाडौँ, २ वैशाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा दीपेन्द्र रोकायले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न आग्रह गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाउनुभएको छ ।

    हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तर उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उहाँले गर्नुभएको छ । उहाँले भन्नुभयो, “अब सामाजिक न्यायको आधारमा सबभन्दा पछाडि रहेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

    नेता डा रोकायले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा हुम्लाको ठोस र परिणाममुखी सम्बोधन हुनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा आफ्नो पत्र बुझाउनुभएको हो । उक्त प्रस्तावमा कर्णाली करिडोरका पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट, सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्याउनुपर्नेमा जोड दिइएको छ ।

    हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माणजस्ता रणनीतिक पहलमार्फत हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने दृष्टि प्रस्तुत गरिएको छ ।

    हुम्ला कर्नाली–१ र २ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण, साना आयोजना राष्ट्रिय ग्रिडमा जोड्ने तथा सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव अघि सारिएको छ ।

    कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कनस्थल विकासमार्फत हुम्लालाई अन्तरराष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्ने नेता डा रोकायाको अवधारणामा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.