सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै


  •    न्युजभित्तो/२५ चैत्र २०८२, बुधबार १५:०६ 
  • काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

    परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमाविश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

    मन्त्री तिमिल्सिनाले नेपालको सामाजिक– आर्थिक विकासका निम्ति विश्व बैंकले निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट तीव्र गतिमा कार्यान्वयन गरिने बताउनुभयो ।

    नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै उहाँले विगतभन्दा फरक ढङ्गले काम गर्दै आयोजनाका समस्या समाधानतर्फ सरकार केन्द्रित रहेको सुनाउनुभयो । साथै विश्व बैंकसँगको सहकार्यमा कार्यान्वयनमा गएका आयोजनाको प्रगति पनि शीघ्र देखिने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.