सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षामन्त्री पोखरेलबाट फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता


  •    न्युजभित्तो/२४ चैत्र २०८२, मंगलवार १६:२६ 
  • सुदूरपश्चिम, २४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको आज निरीक्षण गर्नुभएको छ ।

    त्यस अवसरमा उहाँले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “फाप्ला आयोजनाको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता प्राविधिक प्रक्रियाहरू सम्पन्न भइसकेका छन् । यो आयोजना राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउनेछ ।”

    निरीक्षणका क्रममा उक्त क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाहीले परियोजना निर्माणबारे जानकारी गराउनुभएको थियो । उहाँले निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने भन्दै सरकारले प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डिपिआर, इआइए जस्ता प्राविधिक प्रक्रियाहरू गत असार महिनामा पूरा भई राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेको छ ।

    निरीक्षण टोलीमा प्रतिनिधिसभाका सदस्य आनन्दबहादुर चन्द र केपी खनाललगायत सहभागी हुनुहुन्थ्यो ।

    धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्षसमेत रहनुभएका निर्माण समितिका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा धनगढीको फाप्ला मैदानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि ‘ड्रिम फाप्ला’ अभियान अघि सारिएको थियो । खेलग्रामअन्तर्गत यहाँ अन्तरराष्ट्रिय मापदण्डअनुरुप ५० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण गरिने लक्ष्य छ ।

    यस्तै, रङ्गशालामा फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टी स्पोटर््स हल, स्पोटर््स म्युजियमलगाएतका पूर्वाधारहरू समावेश गरिने छन् । आयोजनाको लागत रु २६ अर्ब अनुमान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.