सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना


  •    न्युजभित्तो/२० चैत्र २०८२, शुक्रबार ११:५१ 
  • काठमाडौँ, २० चैत । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

    आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उहाँले पूजाअर्चना गर्नुभएको हो । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गर्नुभएको थियो ।

    ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ ।

    जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.