सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मल्कवाङमा विद्युतीकरण


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १३:१६ 
  • म्याग्दी, १६ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ ।  

    नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको धवलागिरी गाउँपालिका–५ का वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

    गत मङ्सिर महिनामा प्रशारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज भएको थियो । मिटरबक्स जडान र वायरिङ सकिएपछि यसै महिनादेखि घरघरमा केन्द्रीय लाइनको बिजुली बालिएको वडाध्यक्ष छन्त्यालले बताउनुुभयो । “छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा पहिलो चरणमा ४३ वटा घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ४६ वटा मिटर जडान भएर बिजुली बालेका छौँ”, उहाँले भन्नुभयो, “होपाखोला टोलमा अर्को चरणमा लाइन विस्तार गरिने विद्युुत् प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।”

    धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार टोलमा गत असारमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत् लगिने भएको छ । यहाँका बासिन्दा हाल नन्दीबाङ खोला लघु जलविद्युत परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । 

    म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०र८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

    यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं –४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ । 

    ३७० घरपरिवारको बसोबास रहेको लुलाङमा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जाबाहेक बस्तस्हरुमा केन्द्रीय विद्युत् सुविधा पुुग्ने केन्द्रका प्रमुख गामीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.