सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोटको हनुमान् मन्दिरबाट धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै


  •    न्युजभित्तो/१५ चैत्र २०८२, आईतवार १२:५३ 
  • नवलपुर (नवलपरासी), १५ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित शिखरखजुराव शैलीमा निर्मित हनुमान् मन्दिर परिसरमा चैत्र शुक्लपूर्णिमा एवं हनुमान् जयन्ती विशेष मेला लाग्ने भएको छ ।

    यस वर्षको चैत शुक्लपूर्णि यही चैत १९ गते परेको छ । शिखरखजुराव शैलीको यस मन्दिरमा रामभक्त हनुमान्लाई ५१ किलोको लड्डु अर्पण गरिने तयारी भएको छ ।

    हनुमान् मन्दिर समिति चक्रघाटका अध्यक्ष लीलाधर कँडेलले हनुमान् जयन्तीलाई मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हनुमान् जयन्तीका दिन बिहान साँझेसम्म विभिन्न धार्मिक कार्यक्रम एवं अनुष्ठान हुनेछन् । तीमध्ये १२ घण्टे अखण्ड श्रीहरिनाम सङ्कीर्तन, लक्ष्यदीप प्रज्ज्वलन, हनुमान चालीसा पाठपरायण, वैदिक विधिअनुसार श्रीहनुमत पूजन तथा विशेष सन्ध्या आरती प्रमुख आकर्षण हुनेछन् ।

    यस मन्दिर विसं २०४२ चैत ३० गते स्थापना भएको हो । नारायणी नदीकिनारको सालको जङ्गलमा करिब १८.५ हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिर २०७९ साल वैशाख ३ गते पुनर्निर्माण गरीहनुमान्को मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिरका सचिव उमाकुमारी पाण्डेका अनुसार तीन तहका सरकारबाट रु ६३ लाख र विभिन्न दाताबाट करिब रु साढे दुई करोड सहयोगसहित रु तीन करोड बढी लागतमा ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो ।

    सचिव पाण्डेले हाल मन्दिरमा दैनिक रूपमा नेपाली तथा भारतीय धार्मिक पर्यटक आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक पाँच सय बढी आन्तरिक भक्तजन तथा १२ वटासम्म गाडीमा भारतीय भक्तजन आउने गरेका छन् । विशेषगरी शनिबार र मङ्गलबार यहाँको हनुमान मन्दिरमा दर्शन तथा पूजाआजा गर्नका लागि धार्मिक पर्यटकको भीड बढी हुने उहाँले उल्लेख गर्नुभयो ।

    मन्दिरमा भक्तजनलाई बस्न सहज बनाउन चारवटा कोठा र करिब ५० क्षमताको एउटा हल निर्माण गरिएको छ । मन्दिरका सहकोषाध्यक्ष होमनाथ सापकोटाका अनुसार डबल बेडका कोठाको शुल्क प्रतिकोठा रु ५०० तोकिएको छ भने हलमा बस्नका लागि प्रतितीर्थयात्री रु १०० लिइनेछ । उहाँले मन्दिरको धर्मशालामा बस्ने भक्तजनले खाना आफैँ पकाउनुपर्ने तर पानी तथा पकाउने ठाउँको व्यवस्था मन्दिरले उपलब्ध गराएको बताउनुभयो ।

    साथै, मन्दिरलाई अझ व्यवस्थित बनाउँदै जिल्लाकै उत्कृष्ट धार्मिक गन्तव्य बनाउन तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सहकोषाध्यक्ष सापकोटाले चक्रघाटमा स्नान गर्दा सांसारिक मायामोहबाट मुक्ति प्राप्त हुने विश्वास रहेको उल्लेख गर्दै हरिशयनी तथा हरिबोधिनी एकादशी, माघे सङ्क्रान्ति, नयाँ वर्षलगायतका अवसरमा यहाँ भक्तजनको भीड लाग्ने गरेको बताउनुभयो । गैँडाकोटको हनुमान् मन्दिर हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्रमात्र नभई नवलपुर जिल्लाको प्रमुख धार्मिक पर्यकीय गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् ।

    मन्दिर निर्माणमा प्रयोग भएको दक्षिण भारतीय शैलीको अनौठो वास्तुकला, पूर्वपश्चिम राजमार्गमा रहेको देशकै एकमात्रै ठूलो हनुमान मन्दिर, भारतीय पर्यटकको आकर्षण तथा देशकै केन्द्रभागमा भएकाले हनुमान मन्दिरलाई जिल्लाकै धार्मिक पर्यटनको नमूना बनाउन सकिने मन्दिर समितिको विश्वास रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता
    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
    • विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    • पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    • अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.