सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय उत्पादनलाई बजार अभाव


  •    न्युजभित्तो/१५ चैत्र २०८२, आईतवार १२:३३ 
  • ढोरपाटन (बागलुङ), १५ चैत । बागलुङमा लाग्ने चैतेदसैँै मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनुअगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जालगायत देशैभरबाट व्यापारका लागि आएका व्यापारी यसपालि त्यति उत्साहित देखिएनन् ।

    आयातित वस्तुको व्यापार राम्रो भए पनि गाउँबाट लिएका चोयाको डाली, नाङ्लो, मुडा, काठको ठेकी, मदानीसहितका सामग्रीको व्यापार राम्रो नभएको व्यापारी बताउँछन् । कालिका मन्दिर परिसरमा यही चैत १० गतेदेखि मेला लागेको छ । मेला भर्न आउने दर्शकले लत्ताकपडा, प्लास्टिकका भाँडा किनमेल गरे पनि स्थानीय उत्पादनतिर खासै चासो नदिएको म्याग्दीबाट काठका ठेकी बिक्री गर्न आउनुभएका लिलबहादुर चुँदाराले बताउनुभयो ।

    आफू ३७ वर्षदेखि निरन्तर चैतेदसैँ मेलामा ठेकी बिक्रीका लागि आएको भन्दै उहाँले पछिल्लो एक दशकमा व्यापार निकै कम भएको बताउनुभयो । पहिले गाउँमा धेरैले वस्तुभाउ पाल्ने, दूध, दही र मही बनाउने गरे पनि हिजोआज बजारबाटै दूध किनेर उपभोग गर्न थालेपछि काठका ठेकी र मदानी बिक्री हुन छोडेको चुँदाराले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले वर्षभरि गाउँमा ठेकी, मदानीलगायत थुप्रै काठका सामान बनाउने र चैतेदसैँमा लिएर बिक्री गथ्र्यौँ, बिक्री पनि धेरै हुन्थ्यो, कमाइ पनि राम्रै हुन्थ्यो, त्यही कमाइले वर्षभरि परिवार चलाउँथ्यौँ, अहिले त दिनभरि कुरेर बस्यो, पाँच–सातवटा पनि बिक्री हुँदैन, आउने जाने भाडा पनि नउठ्ला भन्ने चिन्ता छ ।”

    कास्कीको माछापुछ«ेबाट चोयाको डालो बिक्रीका लागि आउनुभएका तुलमान गुरुङले प्लास्किटका भाडाँकुँडाले स्थानीय उत्पादनलाई विस्थापित गर्न थालेको बताउनुभयो ।

    विगत २२ वर्षदेखि चैतेदसैँ मेलामा डाली बिक्री गर्न आएको भन्दै तीन वर्षदेखि व्यापार निकै कम भएको उहाँको भनाइ छ । व्यापार गर्न आउँदा गाडी भाडा नै हजारौँ तिर्नुपरेको भन्दै उहाँ मेला सकिँदासम्म बिक्री नहुँदा सित्तैमा दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।

    “यो मेला पनि पहिलेको जस्तो रमाइलो छैन, उतिबेला सबै गाउँ ठाउँमा नाचगान हुन्थ्यो, अहिले त केके गराए यस्तो रु, न व्यापार राम्रो हुन्छ”, गुरुङले भन्नुभयो, “पहिले गाउँमा भएका सबै उत्पादन बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला एक डेढ लाख रुपैयाँ बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलाभन्दा धेरै कम डालो नाङ्लो ल्याएर आएको त्यही पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ ।”

    बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाबाट हरेक वर्ष १५÷२० जना स्थानीय डालो बिक्रीका लागि आउने गर्छन् । यसपालि पनि आएका छन् । तर अघिल्लो वर्ष व्यापार कम हुँदा यसपालि पहिलेको जति व्यापारी आएनन् । मेलामा स्थानीय उत्पादन बिक्रीमात्रै गर्न व्यवस्थापन मिलाउनुपर्ने चन्द्रबहादुर विकले बताउनुभयो । पछिल्लो समय स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति नागरिकको आकर्षण बढी भएको हुँदा मौलिक सीप र सामानले बजार नपाएको उहाँले गुनासो गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.