सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप


  •    न्युजभित्तो/१५ चैत्र २०८२, आईतवार ११:५५ 
  • मुस्ताङ, १५ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत तथा चरिचरन उपभोगसम्बन्धी विवाद समाधान भएको छ ।

    छुसाङ र तेताङ गाउँबीच स्हुक्चेङिन वन क्षेत्रको सीमा, चरिचरन र वन पैदावरलगायतको प्राकृतिक स्रोतसाधन उपभोगसम्बन्धी विवाद वारागुङ मुक्तिक्षेत्रको न्यायिक समिति र अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को रोहवरमा दुवै पक्षको पाँचबुँदे लिखित सहमतिमा मेलमिलाप गराइएको हो । विवादका कारण दुवै गाउँबीच अन्तरद्वन्द्व र एकअर्का गाउँबीच निषेध गर्नेलगायतको अवस्था सृजना भएको थियो ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र एक्याप जोमसोमको विषेश पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरूको मध्यस्थतामा वारागुङ—३ छुसाङ सामुदायिक भवनमा उक्त सहमति भएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपाििलका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक ढिकी गुरुङको अध्यक्षताको बैठकमा दुवै पक्षबीच पाँचबुँदे सहमति भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

    विवाद समाधानका लागि पूर्वप्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङ, सोही पालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ, एक्याप जोमसोमका प्रमुख राजेश गुप्ता, वारागुङ–३ का वडाअध्यक्ष विनोद गुरुङ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रकाश पौडेललगायत सुरक्षाकर्मीहरूको उपस्थिति थियो ।

    त्यस अवसरमा मुस्ताङको छुसाङ र तेताङ गाउँका पाँच स्थानीय प्रतिनिधि हुनुहुन्थ्यो । सहमतिपछि तेताङ गाउँमाथिको स्हुक्चेङिन वनमा जिम्बु सङ्कलनका लागि तेताङ गाउँका स्थानीयले पूर्जीबिनै सङ्कलन गर्न पाउने र अन्यको हकमा जिम्बु सङ्कलन गर्न छुसाङ गाउँबाट पूर्जी जारी गर्नुपर्नेछ । छुसाङ गाउँस्थित कालीगण्डकी नदीको गिट्टी र बालुवा तेताङ स्थानीयले उपभोग गर्दा सामुदायिक, सार्वजनिक विकास निर्माण, योजना÷कार्यक्रमका लागि निःशुल्क उपलब्ध हुने र तेताङ गाउँका स्थानीयको व्यक्तिगत र व्यक्तिगत प्रयोजनका लागि छुसाङ गाउँका स्थानीयसरहको प्रतिट्याक्टर रु २०० दस्तुर लिन पाउने  सहमति गरिएको छ ।

    ठूला विकास निर्माण आयोजना र कार्यक्रमका लागि  गिट्टी र बालुवाको शुल्क नियमानुसार हुने सहमति गरिएको छ । त्यसैगरी, अन्य वन क्षेत्रको सीमा, चरिचरन, वन पैदावार तथा प्राकृतिक स्रोत साधनको उपभोग सम्बन्धमा २०६८ साल वैशाख ३० गते भएको निर्णयअनुसार हुने जनाइएको छ । 

    विगतमा उपभोग गर्दै आइरहेको वन क्षेत्रको सीमा, चरिचरन र वनपैदावार तथा प्राकृतिक स्रोतसाधनको उपभोगको विषयमा सहमति गरिएपछि कुनै किसिमको हस्तक्षेप, हकदाबी तथा उजुरबाजुर नगर्ने सहमति गरिएको छ । यदि सो सम्बन्धमा कुनै कारणले विवाद सृजना भएको खण्डमा नेपाल सरकारको प्रचलित वन ऐन, कानुन तथा संरक्षण क्षेत्रको नियमावली तथा निर्देशिकाबमोजिम हुनेमा सहमति भएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.