सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण


  •    न्युजभित्तो/१३ चैत्र २०८२, शुक्रबार १६:५२ 
  • काठमाडौँ, १३ चैत । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गर्नुभएको छ ।     

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आजै मन्त्री रावलले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो । सामान्य प्रशासन मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ ।

     मन्त्री रावलले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएकाले भूमिसम्बन्धी समस्यासँग परिचित रहेको उल्लेख गर्दै उहाँले सहकारी क्षेत्रका चुनौतीबारे पनि जानकार रहेको बताउनुभयो ।

     “समस्याग्रस्त सहकारीका विषयमा पनि म जानकार छु”, मन्त्री रावलले भन्नुभयो, “समस्या समाधानका लागि के गर्न सकिन्छ र कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ । प्रत्यक्ष जनतासँग जोडिएका काम भएकाले जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ ।”

     पदभार ग्रहणपछि मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारी, बचत फिर्तासम्बन्धी जटिलता तथा सहकारी पीडितका नाममा बनेका विभिन्न दबाब समूहबारे मन्त्री रावललाई ‘ब्रिफिङ’ गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.