सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर: महिला मन्त्री वादी


  •    न्युजभित्तो/१३ चैत्र २०८२, शुक्रबार १६:४२ 
  • काठमाडाँै, १३ चैत । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभारग्रहण गर्नुभएको छ ।

    उहाँ नेपालको पहिलो वादी समुदायको मन्त्री बन्नुभएको छ । पदभार ग्रहण गरेसँगै उहाँ भावुक हुनुभयो । आँखाबाट आँसु पुछ्दै उहाँले भन्नुभयो, “सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर ।” उहाँले समाजको जातीय बहिष्करणमा सङ्घर्ष गर्दागर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै रुपान्तरण आएको महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब जिम्मेवारपूर्ण भएर समाज रुपान्तरणका सक्रिय हुने छु ।”

    महिला सशक्तिीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आउनुभएको छ । गरिबी र समाजको विभेदका कारण जीवनका पाइलै पिच्छे पहिचानका लागि सङ्घर्ष गर्दै आउनुभएकी उहाँ रास्वपामा आबद्ध हुनुभएको थियो । 

    समानुपातिकबाट सांसद हुुनुभएको उहाँले १३ वर्षको उमेरदेखि संस्थाको आर्थिक सहयोगमा पढाइ पूरा गर्नुभयो । स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै उहाँले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तिकरणमा सहयोग पुग्ने सामाजिक संस्था सञ्चालन गर्दै आएनुभएको थियो । अब भने मन्त्रायको नेतृत्व सम्हाल्दै बृहत्तर रुपमा महिला सीमान्तकृत समुदायको समस्या समाधान गर्न काम गर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.