सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी


  •    न्युजभित्तो/१३ चैत्र २०८२, शुक्रबार १४:४४ 
  • दमौली (तनहुँ), १३ चैत । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले  अर्थमन्त्री बन्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिनुभएको थियो । 

    आफ्नो क्षेत्रबाट निर्वाचित सांसंद देशको महत्तुवपूर्ण जिम्मेवारीमा आएपछि तनहुँ क्षेत्र नं १ का स्थानीय खुसी भएका छन् । डा वाग्ले यहाँबाट दोस्रोपटक निर्वाचित हुनुभएको हो । उहाँ विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मतसहित पहिलोपटक विजयी हुनुभएको थियो । डा वाग्ले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित दोस्रोपटक विजयी हुनुभएको छ । 

    अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाउनुभएका वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएपछि तनहुँवासी थप खुसी भएका छन् । तनहुँको म्याग्दे निवासी मनोज अधिकारीले डा वाग्लेको अर्थमन्त्रीको जिम्मेवारीले आफूहरूलाई खुसी तुल्याएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “डा वाग्ले देशको अर्थतन्त्र सुधार गर्नसक्ने सक्षम व्यक्ति हो । जिल्लाले अर्थमन्त्रीका रूपमा उहाँलाई पाउँनु हामी सबैका लागि गौरवको कुरा हो ।”

    बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्यायसहितको अर्थनीति, सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई अब सैद्धान्तिक हिसाबले मात्र नभई व्यावहारिक ढङ्गबाट अगाडि बढाउन डा वाग्ले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    गोरखा जिल्लामा जन्मिए पनि वाग्लेले आफ्नो संसदीय यात्रा तनहुँबाट सुरु गर्नुभएको छ । सामान्य परिवेशमा हुर्किनुभएका डा वाग्ले अन्तरराष्ट्रिय ख्यातीप्राप्त विश्वविद्यालयबाट अध्ययन गर्दै देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ । 

    उच्च शिक्षापछि विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुभएका वाग्लेले नेपाल फर्किएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.