सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै


  •    न्युजभित्तो/१३ चैत्र २०८२, शुक्रबार ११:०३ 
  • महोत्तरी, १३ चैत । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् ।

    विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुुञ्जिरहेका छन् ।

    “श्रीराम आराध्यदेव मात्र होइन, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,” लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले भन्नुभयो, “यसकारण पनि रामनवमी मिथिलाको विशिष्ट पर्व हो ।”

    मिथिलाञ्चलका रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्ड पाठ भइरहेको छ । श्रद्धालुहरू व्रत पनि बसेका छन् । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष महत्वको मानिने महन्थ वैष्णवले बताउनुभयो ।

    मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न क्षेत्रको परिभ्रमणसम्बन्धी कथाहरूले पनि यस पर्वलाई यहाँ विशेष बनाएको उहाँको कथन छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.