सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात


  •    न्युजभित्तो/१३ चैत्र २०८२, शुक्रबार १०:५५ 
  • वीरगञ्ज (पर्सा), १३ चैत । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५८ अर्ब ९१ करोडअर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने रु पाँच अर्ब ३६ करोड ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताउनुभयो । 

    वीरगञ्ज हुँदै चालु आवको सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा रु ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ । साथैरू ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा, रु ४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल, रु ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, रु २८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र रु २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.