सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्घटना बढेपछि ताथली–नाला सडकमा पुग्यो सुरक्षा अधिकारीको टोली


  •    न्युजभित्तो/११ चैत्र २०८२, बुधबार १३:२४ 
  • भक्तपुर, ११ चैत । अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि जिल्लास्थित सुरक्षा निकायको टोली दुर्घटना न्यूनीकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ ।

    भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक विस्तार सम्पन्न गर्न ढिलाइ भएसँगै बनेपा चोकबाट नालाताथली हुँदै च्यामासिंह निस्कने सडकमा दैनिक दुर्घटना बढेपछि स्थानीयवासीलाई चिन्ताको विषय बनेको छ । उक्त सडकमा अत्यधिक सवारी चाप बढेको छ ।

    दैनिक दुर्घटनाको गुनासो आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा आज जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, जगाती प्रहरी वृत्तकी प्रहरी नायब उपरीक्षक चञ्चला श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी परिसरकी ट्राफिक प्रहरी निरीक्षक झरना सुनार, चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातलगायतका टोलीले उक्त सडकमा दुर्घटना हुने मुख्य क्षेत्रहरुको अनुगमन गरेको हो ।

    सडकमा अत्यधिक सवारी चाप हुने र मोटरसाइकलदेखि साना सवारीसाधनको तीव्र गतिका कारण दैनिक दुर्घटना बढेको सुरक्षा निकायदेखि जनप्रतिनिधिले निष्कर्ष निकालेका छन् । स्थानीय दत्तात्रय खाद्य उद्योगका सञ्चालक सञ्जीव मधिकर्मीले यसक्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडि तीनवटासम्म दुर्घटनामा भएको बताउँदै दैनिक दुर्घटनाले निकै चिन्ता बढाएको बताउनुभयो । दुर्घटना बढेपछि उद्योगको गेटमा सडकतर्फ फर्काएर तीनवटा सिसीक्यामरा जडान गरेपछि दुर्घटना हुँदा फरार हुने सवारीसाधन पत्ता लगाउन प्रहरीलाई सहज भएको बताउँदै दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गर्न आवश्यक रहेको सुझाव टोलीलाई दिनुभयो ।

    चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले एक वर्षअघि चाँगुनारायण नगरपालिकाले नौवटा सिसीक्यामेरा जडान गरे पनि मालवाहक ठूला सवारीसाधनले तार चँुडालिदिएपछि अहिले एउटा पनि सञ्चालनमा नरहेको बताउनुभयो । उहाँले सिसीक्यामरासँगै यहाँ सडक बत्तीको समेत आवश्यकता रहेको छ भन्नुभयो ।

    सिसीक्यामेरासमेत नहुँदा दुर्घटना गरेर सवारीसाधन भाग्ने र गल्ती गर्नेलाई कारबाही गर्नसमेत समस्या भएको बताउँदै प्रहरी वृत्त जगातेकी प्रमुख श्रेष्ठले सिसीक्यामेरा जडान र सचेतनामूलक बोर्ड राख्न सके दुर्घटना न्यूनीकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    साँघुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमी र दु्रतगतिमा सवारी हुइक्याउने प्रवृत्तिले दुर्घटना बढेको भन्दै बढी जोखिम हुने सडकमा ट्राफिक प्रहरीको उपस्थिति र कारबाही बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा सञ्चालनमा रहेका इँटाभट्टा, विभिन्न उद्योगहरुले सडकतर्फ सिसीक्यामरा जडान गर्ने र रातिका लागि सडक बत्तीको व्यवस्था गराइदिनसमेत स्थानीयवासीले माग गरेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी प्रमुख सोनारले डमी ट्राफिक माग गरिरहेको, जनशक्ति कम भएकाले समस्या भएको, यस क्षेत्रमा तत्कालै एक प्रहरी पोष्ट स्थापना गर्न आवश्यक भएको, जनचेतनामूलक पोष्टर राख्न, सिसीक्यामरा, सडक बत्तीको व्यवस्था गरिदिन सके दुर्घटना न्यूनीकरणमासहयोग पुग्ने बताउनुभयो ।

    अनुगमनका क्रममा प्रजिअ ढकालले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउने, कारबाही प्रक्रिया अगाडि बढाउने, ‘फ्लेक्स बोर्ड’, सिसीक्यामेरा राख्न पहल गर्ने बताउनुभयो । उहाँले वडाध्यक्ष त्यातलाई तत्कालै यस क्षेत्रका व्यवसायीसहित सरोकारवालाको बैठक बोलाएर यहाँको समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो ।

    प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बनेपा जगातेको सडकमा घण्टौँ जाम हुने भएपछि यस सडकमा सवारी चाप बढेको बताउँदै सडक डिभिजन कार्यालयसँग पनि यसबारेमा छलफल आवश्यक रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.