सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती चितवन प्रिमियर लिगको फाइनलमा


  •    न्युजभित्तो/२१ माघ २०७६, मंगलवार २२:४५ 
  • चितवन । राप्ती र्यापिड्स नारायणगढको क्याम्पाचौरमा जारी चितवन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । सिपिएलमा लगातार तेस्रो जीत निकाल्दै राप्ती फाइनलमा प्रवेश गरेको हो ।

    मंगलबार सम्पन्न खेलमा राप्तीले इच्छाकामना वारीयर्सलाई ५ विकेटले पराजित गर्यो । इच्छाकामनाले दिएको १४९ रनको लक्ष्य राप्तीले ७ बल बाँकी रहँदा नै ५ विकेट गुमाएर पूरा र्गयो।

    राप्तीको जीतमा भीम सार्की नायक सावित भए । बिष्फोटक ब्याटिङ गरेका सार्कीले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै साकार धरेलले ४९ बलमा ४ चौका प्रहार गर्दै ४३ रन बनाए । इच्छाकामनाका प्रशान्त आचार्यले २ तथा कप्तान दीपेश श्रेष्ठ, अमर सिंह रौटेला र दिवस आचार्यले समान १/१ विकेट लिए ।

    त्यसअघि पहिलो ब्याटिङ गरेको इच्छाकामनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन बनाएको थियो । उसका लागि गौतम केसीले ५३ रन बनाए । यस्तै सन्दीप सुनारले ३७ तथा प्रतीक श्रेष्ठले २४ रन बनाए । राप्तीका कमल थापाले ४ ओभरमा २९ रन खर्चिदै ३ विकेट लिए । यस्तै कप्तान आकाश थापा र हरि बहादुर चौहानले समान २/२ विकेट लिए ।

    सौराहाको इलिमिनेटर सम्भावना जिवितै

    तेस्रो खेलमा जीत हात पार्दै सौराहा स्याण्ड्सले सिपिएलमा इलिमिनेटर सम्भावना जिवितै राखेको छ । जारी प्रतियोगितामा खराब लयबाट गुज्रिएको सौराहाले आज भरतपुर गुर्खाजलाई पराजित गर्यो। गर वा मरको अवस्थामा रहेको सौराहाले भरतपुरविरुद्ध ६ विकेटको सम्माजनक जीत हात पार्यो । भरतपुरले दिएको १२३ रनको लक्ष्य सौराहाले ४ विकेट गुमाएर पुरा गर्यो ।

    सौराहाको जीतमा राजेश ढकालले उत्कृष्ट पारी खेले। ४९ रन बनाएका ढकाल अर्धसतक बनाउनबाट एक रनले चुके । उनले ५७ बलमा ३ चौका र एक छक्का प्रहार गरे। यस्तै, कप्तान सन्तोष न्यौपानेले २७ बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाए । भरतपुरका रविन्द्र शाहीले २ विकेट लिए ।

    त्यसअघि पहिलो ब्याटिङ गरेको भरतपुर २ बल बाँकी हुँदा १२२ रनमा अल आउट भएको थियो । भरतपुरका लागि रविन्द्र शाही र विरेन्द्र शाहले समान २६÷२६ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । सौराहाका अनुज चनरा र राजेश लम्सालले समान ३/३ विकेट लिए । खेलको म्यान अफ दि म्याच सौराहाका राजेश ढकाल घोषित भए ।

    प्रतियोगिता अन्तर्गत बुधबार पनि २ खेल हुनेछन् । बुधबार पहिलो खेलमा माडी टाइगर्स र राप्ती ¥यापिड्स तथा दोस्रो खेलमा इच्छाकामना वारीयर्स र सौराहा स्ट्याण्ड्स भिड्नेछन् । इलिमिनेटर पुग्ने चारै टोलीको सम्भावना उत्तिकै रहेको बुधबारको खेल निर्णायक हुनेछ ।

    प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीले नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.