सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै


  •    न्युजभित्तो/११ चैत्र २०८२, बुधबार १०:५४ 
  • काठमाडौँ, ११ चैत । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा विश्वभर जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा अपहरणमा परेका एलेक कोलेटको स्मृतिमा हरेक वर्ष मार्च २५ मा यो दिवस मनाइन्छ । कोलेट राष्ट्रसङ्घका राहत तथा कार्य निकाय (युएनआरडब्ल्युए) सँग आबद्ध पत्रकार हुनुहुन्थ्यो । उहाँलाई सशस्त्र समूहले अपहरण गरेको थियो । उहाँको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो ।

    सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएयता यसको सेवामा खटिएका सयौँ कर्मचारीले ज्यान गुमाइसकेका छन् । विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना ‘मिसन’हरूको विस्तारसँगै जोखिम बढ्दा अघिल्ला चार दशकको तुलनामा सो दशकमा धेरै कर्मचारीको ज्यान गएको थियो ।

    यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोखिमपूर्ण परिस्थितिमा काम गर्ने कर्मचारी तथा शान्ति सैनिकलाई आवश्यक सुरक्षा र अनुकूल कार्य वातावरण सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.