सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बहुउद्देश्यीय कभर्डहल निर्माण रोकियो


  •    न्युजभित्तो/११ चैत्र २०८२, बुधबार १०:४६ 
  • महेन्द्रनगर (कञ्चनपुर), ११ चैत । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम आठ महिनादेखि ठप्प छ ।

    विसं २०८० असारदेखि प्रदेश सरकारको सहयोगमा निर्माण सुरु भएको बहुउद्देश्यीय कर्भहलको ७० प्रतिशत काम सकिए पनि प्यारापिट निर्माणका विषयमा उल्झन आउँदा निर्माण रोकिएको हो । कभर्डहल निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीका सञ्चालक सुनिल कुवँरले प्यारापिट निर्माणका लागि भेरिएसन अर्डर (भिओ) नहुँदा आठ महिनादेखि काम रोकिएको बताउनुभयो ।

    “आठ महिनाअघि भिओका लागि प्रक्रिया थालिए पनि प्रदेश सरकारबाट सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त विषय किनारा लगाउनुपर्ने हो तर ढिलो भयो ।”

    तेह्र करोड तीन लाख २८ हजारमा निर्माण हुने कभर्डहल निर्माणको समयावधि आगामी असारसम्म रहेको निर्माण कम्पनीले जनाएको छ । तीस महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि सरकारी प्रक्रियागत ढिलाइकै कारण काम हुन नसकेको हो ।

     प्रदेश सामाजिक विकास मन्त्रालयमा प्राविधिक सहयोग गरिरहनुभएका सामाजिक विकास कार्यालय धनगढीका इन्जिनियर रमेश ऐरीले महेन्द्रनगरको कभर्डहलको प्यारापिट निर्माणको विषय चाँडै हुने बताउनुभयो ।

    “इँटाकै स्टेप बनाएर प्यारापिट बनाउने भन्ने छ”, इन्जिनियर ऐरीले भन्नुभयो, “अब चाँडै सचिवस्तरबाट यो विषय टुङ्गोमा पुगेर काम अगाडि बढ्नेछ”, उहाँले कभर्डहल बने विभिन्न खेल सञ्चालनका साथै नियमित प्रशिक्षणमा सहजता मिल्ने बताउनुभयो ।  सुदूरपश्चिम प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै ठूला संरचना निर्माणका लागि महेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहल र टीकापुरमा स्पोर्टस एकेडेमी निर्माण गरिरहेको हो ।

    टीकापुरमा गत वर्ष नै स्पोर्टस एकेडेमी निर्माण सम्पन्न भइसके पनि निर्माण कम्पनीले हस्तान्तरण गर्न पाएको छैन । दश करोडको लागतमा निर्माण भएको एकेडेमी सञ्चालनका लागि कार्यविधि प्रदेश सामाजिक विकास मन्त्रालयले बनाउन नसक्दा हस्तान्तरणमा ढिलाइ भएको हो । मन्त्रालयका विशेष शिक्षा, शैक्षिक योजना र युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत धनराज धामीले एकेडेमी सञ्चालनको शैलीका विषयमा छलफल भइरहेको बताउनुभयो ।

    “एकेडेमी आफैँ सञ्चालन गर्ने कि स्थानीय तहलाई हस्तान्तरण गर्नेलगायत सञ्चालनका विषयमा कार्यविधि बनेपछि एकेडेमीको स्वामित्व लिन्छौँ”, उहाँले भन्नुभयो, “यो विषयमा माथिल्लो तहमा छलफल भइरहेको छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.