सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव


  •    न्युजभित्तो/११ चैत्र २०८२, बुधबार १०:३२ 
  • गण्डकी, ११ चैत । पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’ कार्यक्रमका साथ सोमबारदेखि निस्केको होटल सङ्घ नेपाल (हान) पोखराको टोलीलाई पूर्वी नेपालका व्यवसायीले ‘कनेक्टिभिटी’ सहज बनाउन आग्रह गरेका छन् ।

    नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीलाई वीरगन्जमा यहाँका पर्यटन व्यवसायी, उद्योग व्यवसायी एवं सञ्चारकर्मीले कनेक्टीभिटी सहज बनाउनका लागि आग्रह गरेका हुन् ।

    पर्यटकका लागि हवाई एवं सडक सञ्जालको सहज पहुँच आवश्यक भएकाले उनीहरूले त्यसका लागि वातावरण बनाउन अपरिहार्य भएको बताए । मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा विगतमा सञ्चालनमा आइसकेको पोखरा–सिमरा उडान रोकिनु दुःखद् विषय भएको बताउनुभयो ।

    यस उडानलाई पुनः सञ्चालन गराउन आफ्नातर्फबाट पनि पहल गर्ने बताउँदै उहाँले यात्री अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा उडान सुरु गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।

    वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक समृद्धिमा फड्को मार्न सक्ने बताउनुुभयो । सीमानाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दूरीमा सात ठाउँमा सुरक्षा जाँच गर्ने गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

    भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उहाँले कनेक्टिभिटी सहज बनाउनुुका साथै आवश्यक पूर्वाधार विकासमा जोड दिनुुपर्ने बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले राज्यको नीतिगत त्रुटिका कारण पर्यटन व्यवसाय समस्यामा परिरहेको बताउँदै पर्यटनमैत्री नीति निर्माणमा जोड दिनुुभयो । पर्यटनलक्षित पूर्वाधार विकाससँगै सहज कनेक्टिभिटी र पर्यटनमैत्री व्यवहार आवश्यक हुने उहाँको भनाइ छ ।

    पत्रकार प्रणय शाहले पछिल्ला समयमा विभिन्न पूर्वाधार विकासका नाममा पोखराको प्राकृतिक सौन्दर्य प्रभावित बनिरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अर्का सञ्चाकर्मी सुरेश बिडारीले पोखराका पर्यटकीय सौन्दर्य फेवाताललार्ई बचाउन आग्रह गर्दै हिमालको संरक्षणका लागि पनि चासो दिनु आवश्यक हुने धारणा राख्नुभयो ।

    आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ २५ वर्षअघि सुरु गरिएको अभियानको निरन्तरतास्वरुप पूर्वी नेपालका वीरगन्ज, विराटनगर, इलाम र हेटौँडा यसपटकको अभियानमा समेटिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

    माओवादी द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड हुँदै बैंकको ब्याज र पश्चिम एसिया तनावका कारण नेपाली पर्यटन प्रभावित बनिरहेको उहाँले बताउनुुभयो । विगतमा सञ्चालन भएर पनि रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः सञ्चालन गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

    पोखराका होटलमा रु छ खर्ब हाराहारी लगानी रहेको जानकारी दिँदै उहाँले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत आन्तरिक पर्यटक रहने गरेको बताउनुभयो । यही चैत २९ देखि वैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँ वर्ष महोत्सवमा सहभागिताका लागि पूर्वेली नागरिकलाई निम्तो दिनु पनि आफूहरूको कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । महोत्सवका अवसरमा पाहुनालाई होटलमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने उहाँले बताउनुभयो ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन बोर्डले व्यवसायीसँग सहकार्य गर्दै अघि बढिरहेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.