सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो


  •    न्युजभित्तो/१० चैत्र २०८२, मंगलवार १६:१५ 
  • गलकोट (बागलुङ), १० चैत । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन । 

    एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगतो सो सडक स्तरोन्नति हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । उक्त सडक २०७९ सालको भदौमा सम्झौता भएको थियो । सम्झौता अनुसार काम गरेको भएमा २०८१ सालको भदौमा हस्तान्तरण भइसक्नुपर्ने थियो । आठ किमि सडक कालोपत्रका लागि दुई पटक ठेक्का सम्झौता थप गरे पनि ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

    सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेको जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा वल्र्डवाइड÷लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायी विरुद्ध आन्दोलन गरेका थिए । 

    सुरुमा भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीले काम गर्न आनाकानी गरेको थियो । २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नति, ढलान र कालोपत्र गर्ने सम्झौता भएको थियो । उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका सिधा सडकमार्फत जोडिन सहज हुने छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.