सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान


  •    न्युजभित्तो/१० चैत्र २०८२, मंगलवार १६:०१ 
  • वीरगञ्ज (पर्सा), १० चैत । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् ।

    होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर भ्रमण गर्न अनुरोध गर्नुभयो । अध्यक्ष सुवेदीले पोखरामा छ खर्बको लगानीमा एक हजार २०० भन्दा धेरै होटल रहेको जानकारी दिनुभयो । “पोखरामा  एकै दिन ४० हजारभन्दा धेरै पर्यटकलाई आतिथ्य सत्कार दिन सक्ने क्षमता रहेको छ,” उहाँले भन्नुभयो, “पोखरामा मनोरम दृश्य तथा प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटकहरुलाई निम्तो गर्दछु ।” 

    टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरालगायतका क्षेत्रमा मनोरम हिमालयनका दृश्यावलोकन र टे«किङका लागि उत्कृष्ट गन्तव्य भएकाले पनि आउनका लागि अनुरोध गर्नुभयो । 

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पोखरामा आतिथ्य सत्कार राम्रो भएकाले पनि सीमावर्ती सहरका पर्यटकको उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । विगतमा मुग्लिन–पोखरा सडकखण्डको  दुरावस्था भए पनि अहिले स्थलमार्ग निकै राम्रो भएकाले पनि पर्यटकको आउजाउमा सहज हुने वातावरण भएको छ । 

    सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवालले सिमरा र पोखराबीच विगतमा भएको हवाई सेवालाई फेरि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    जाउँ है पोखरा अभियानअन्तर्गत वीरगञ्ज–विराटनगर–इलाम हुँदै हेटौँडासम्म पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आमाको नामबाट तीन हजारले लिए नागरिकता
    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
    • निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो
    • लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
    • झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक
    • वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.