सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन


  •    न्युजभित्तो/१० चैत्र २०८२, मंगलवार ११:१५ 
  • कर्णाली, १० चैत । कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन दिनुभएको हो । आज बसेको भर्चुअल बैठकमार्फत उहाँले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी तथा निर्देशन दिनुभएको हो ।

    ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभयो । “मुलतः ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट गरेका काम कारबाहीलाई प्रभावकारी कार्यान्वयन गर्न, गैरव्यावसायिक आचरण र व्यवहार नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहमा विशेष जोड दिन निर्देशन गरेको छु”, उहाँले भन्नुभयो ।

    प्रहरी उपरीक्षक रिजालले ट्राफिक व्यवस्था तथा सडक सुरक्षालाई सुदृढ बनाउन आफ्नो क्षेत्रका सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न ट्राफिक प्रमुखहरूलाई सुझाउनुभयो । कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका निम्ति आवश्यक रणनीति अपनाउन सक्रिय भूमिका खेल्न निर्देशन गरिएको उहाँको भनाइ थियो ।

    उक्त बैठकमा उपस्थित ट्राफिक प्रमुख सबैले आआफ्नो क्षेत्रमा भोगेका, समस्या चुनौतीसहित अनुभव प्रस्तुत गरेका थिए । ती समस्या समाधानका निम्ति उहाँले आवश्यक मार्गनिर्देशन प्रदान गरिएको जनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.