सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै


  •    न्युजभित्तो/९ चैत्र २०८२, सोमबार १६:५५ 
  • काठमाडौँ, ९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताउनुभएको छ । 

    विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो । उहाँले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गर्नुभयो ।  

    “वैज्ञानिक तथ्याङ्कलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

    जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याउनुभयो । साथै, सरकार, प्राविधिक निकाय र सरोकारवालाबीच समन्वय बलियो बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।  जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढीकरण, प्रविधिको प्रयोग विस्तार तथा संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

    जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु धर प्रधानाङ्ग र वरिष्ठ जलविद् राम विकेशले संयुक्त रूपमा कार्यपत्र प्रस्तुत गर्दै अवलोकनदेखि सेवासम्मको मौसम प्रणालीको विकासक्रम, प्रविधिको प्रयोग तथा भविष्यका योजनाबारे जानकारी गराउनुभयो । उहाँहरुले पछिल्लो समय मौसमजन्य पूर्वसूचनाको अवलोकनदेखि सेवासम्म मौसम पूर्वानुमान प्रणाली सुदृढ हुँदै गएको बताउनुभयो । अवलोकन, विश्लेषण, पूर्वानुमान र सेवामार्फत विपद् न्यूनीकरणमा प्रभावकारी योगदान पु¥याइरहेको उहाँहरुको भनाइ छ । 

    विश्व मौसम दिवस २०२६ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा मौसमसम्बन्धी सही अवलोकन बिना प्रभावकारी पूर्वानुमान सम्भव नहुने उल्लेख छ । वरिष्ठ मौसमविद् प्रधानाङ्गले मौसमले उड्डययन, कृषि, स्वास्थ्य, दैनिक जनजीवन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विश्वसनीय तथ्याङ्क सङ्कलन आवश्यक रहेको औँल्याउनुभयो । उहाँका अनुसार देशभरका स्वचालित र ‘म्यानुअल’ मौसम स्टेसन, राडार, उपग्रह तथा रेडियोसन्डे प्रणालीमार्फत वास्तविक समयमै तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । सङ्कलित तथ्याङ्कलाई गुणस्तर परीक्षण तथा विश्लेषण गरी पूर्वानुमान तयार पारिने गरिएको छ । 

    सङ्ख्यात्मक मौसम पूर्वानुमान (एनडब्ल्युपी) प्रणालीमार्फत विभिन्न सरकारी निकाय तथा सरोकारवालालाई डेटा उपलब्ध गराउँदै आएको प्रधानाङ्गको भनाइ छ । “यसले यातायात, कृषि, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा निर्णय लिन सहयोग पु¥याइरहेको छ,” उहाँले भन्नुभयो । 

    हाल १२ घण्टा, २४ घण्टा, तीन दिन तथा साप्ताहिक पूर्वानुमान सेवा सञ्चालनमा रहेको छ । यस्तै, उड्डययन क्षेत्रका लागि विशेष मौसम सेवा, पर्वतारोहण पूर्वानुमान, कृषि मौसम सेवा तथा विशेष चेतावनी प्रणालीसमेत सञ्चालनमा छन् । विभागका अनुसार पछिल्ला वर्षमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढाइएको र स्वचालित मौसम स्टेसन, उन्नत उपग्रह, राडार प्रणाली तथा उच्च क्षमतायुक्त कम्प्युटर प्रणालीमार्फत पूर्वानुमानको शुद्धता सुधार गरिएको छ ।

    सन् २०२१ देखि सुरु गरिएको प्रभावमा आधारित पूर्वानुमान  प्रणालीले विशेषगरी मनसुनको समयमा जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाएको विभागले जनाएको छ । भविष्यमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान सेवा, निर्णय सहयोग प्रणाली, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण तथा मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ । 

    जलविद् रायले बाढीसम्बन्धी पूर्वसूचनाका कारण सम्भावित जोखिम न्यूनीकरण भएको र धनजनको क्षतिसमेत कम भएको भन्दै पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.