सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन


  •    न्युजभित्तो/८ चैत्र २०८२, आईतवार १५:०५ 
  • सिरहा, ८ चैत । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगारपालिका-१६ स्थित तरेगना खानेपानी आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

    विसं २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिए पनि बोरिङमा पानी नआउँदा आयोजना अलपत्र परेको थियो । गतवर्ष डिभिजन कार्यालयले नेपाल खानेपानी संस्थान लहान शाखालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो ।

    ‘वाटर एड’ नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहान र खानेपानी संस्थानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ले करिब रु ६० लाखको लागतमा एक वर्षभित्र जीर्ण संरचनाको मर्मत र नयाँ बोरिङ जडान गरी आयोजना सम्पन्न गरेको हो ।

    नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार विगतमा गरिएका दुईवटा बोरिङ असफल भएपछि यसपटक दुई किलोमिटर टाढाबाट पानी ल्याइएको छ । उहाँले भन्नुभयो, “पहिले ट्याङ्की छेउमा गािडएका डिप बोरिङबाट पानी नआएपछि आयोजना ठप्प भएको थियो । हामीले जिम्मेवारी पाएपछि विकन परियोजनाको सहयोगमा दुई किलोमिटर टाढा नयाँ बोरिङ जडान गरी ट्याङ्कीमा पानी चढाउन सफल भयौँ । अहिले २१ घरधुरीबाट वितरण सुरु गरिएको छ भने छिट्टै लहान-१६ र १७ का पाँच सय परिवारमा पाइपलाइन विस्तार गर्ने लक्ष्य छ ।”

    आयोजना सुरु गर्न २६ वर्षअघिदेखि पहल गर्दै आउनुभएका लहान-१६ का ७२ वर्षीय वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले आयोजना सञ्चालन भएपछि यहाँका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “२०५६ सालमा यहाँका नागरिकलाई स्वच्छ पानी खुवाउने सपना बोकेर सङ्घर्षसहित आयोजना ल्याएको थिएँ । प्राविधिक समस्याले गर्दा झण्डै तीन दशक कुर्नुपर्‍यो । आज आफ्नै कार्यकालमा तरेगनाबासीको घरघरमा पानी पुगेको देख्न पाउँदा गौरव महसुस भएको छ ।”

    दलित जनकल्याण युवा क्लबका विकन परियोजना प्रबन्धक राजेशकुमार लोहनीले चुरे क्षेत्रसँग जोडिएको यस भेगमा भूमिगत पानीको स्रोत सुक्दै गएकाले यो आयोजनाले दिगो समाधान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले लहान नगरपालिका र खानेपानी संस्थानसँगको संयुक्त साझेदारीमा सन् २०१८ देखि यहाँको खानेपानी समस्या समाधानका लागि काम गरिरहेका थियौँ । यो आयोजना सम्पन्न हुनु यहाँका दलित र विपन्न समुदायका लागि ठूलो उपलब्धि हो ।”

    चुरे फेदीमा रहेको यो क्षेत्रमा पानीको सतह घट्दै जाँदा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका थिए । अब आयोजना पूर्ण क्षमतामा सञ्चालन भएसँगै लहानका दुई वटा वडाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच सहज हुने भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
    सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
    • ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा
    • मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    • ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.