सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु


  •    न्युजभित्तो/८ चैत्र २०८२, आईतवार १४:२० 
  • चितवन, ८ चैत । जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सुरु गरिएको हो । 

    जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी एक ठाउँबाट अर्को भूगोलमा गएर त्यहाँको पर्यटकीय गन्तव्यमा रमाउनुका साथै यसले आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ । प्रहरीले तनाव व्यवस्थापन गर्ने, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने, भाइचारा सम्बन्ध कायम गराउने, अनुभव साटासाट गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायत कार्यक्रम गर्दै आएको छ । 

    कायालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रहरीलाई केही समय आराम गराउने, आन्तिरक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा डुङ्गा सयर, र्‍याफ्टिङ, हाइकिङलगायत पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएका छन् । साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधिमा सहभागी गराउने गरिएको उहाँले बताउनुभयो ।

    प्रहरी उपरीक्षक पुरीका अनुसार छिमेकी जिल्लामा समेत पुगेर त्यहाँका पर्यटकीय सम्पदामा रमाउने, विभिन्न गतिविधिमा संलग्ने हुने र ज्ञान आर्जन गर्ने गरिएको छ । आलोपालो गरी गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका उहाँले बताउनुभयो । करिब एक वर्ष अघिदेखि सुरु गरिएको उक्त कार्यक्रमले प्रहरीलाई पुनर्ताजगी र सरुवा भएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा भूगोलको पनि उचित ज्ञान हुने गरेको उहाँको बुझाइ छ । 

    जिल्ला प्रहरी कार्यालय मातहत चितवनमा नौ सय प्रहरी कार्यरत छन् । जिल्ला ट्राफिक, आठ वटा इलाकासहित जिल्लामा ७३ वटा युनिटमा रहेर प्रहरीले सेवा प्रवाह गरिरहेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.