सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे


  •    न्युजभित्तो/८ चैत्र २०८२, आईतवार ११:१२ 
  • फुङ्लिङ (ताप्लेजुङ), ८ चैत । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् ।

    मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ ।

    ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको हो । वर्षासँगै सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेग सेताम्मे बनेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा, फले तथा वडा नं ७ को ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ । त्यस्तै, मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के–जलजले क्षेत्र तथा सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

    प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ । हिमपातसँगै जिल्लाका हिमाली बस्तीमा चिसो पनि अत्यधिक बढेको छ । विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साजस्ता बस्तीमा चिसो बढेको स्थानीय फुटी शेर्पाले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.