सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिउँदे बर्सातले किसानमा खुसी


  •    न्युजभित्तो/५ चैत्र २०८२, बिहीबार १६:३६ 
  • भोजपुर, ५ चैत । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।

    विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो बर्सात अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताउनुभयो । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा बर्सात भएपछि किसानमा नयाँ आशा पलाएको उहाँको भनाइ छ ।

    “लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो,” उहाँले भन्नुभयो, “बर्सात भएपछि हामी किसान निकै खुसी भएका छौँ । अब बाली सप्रिन्छ भन्ने आशा बढेको छ ।”

    खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली बर्सातपछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो बर्सात झन् राहत बनेको छ ।

    स्थानीय किसानका अनुसार बर्सातअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो । तर, बर्सातले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन् । मकै छर्ने ‘सिजन’मा पानी परेपछि किसानलाई थप सहजता भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा
    सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
    राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
    • ‘निम्स दाइ’को निधनमा गाउँपालिकाले दियो शोक बिदा
    • मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    • ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.